ताजा समाचार

उपकुलपतिको नियुक्ति ‘काशी जानु कुतीको बाटो’ : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले त्रिभुवन विश्वविद्यालय उपकुलपतिको नियुक्तिप्रति असंतुष्टि जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बिहीवार स्टाटस लेख्दै उनले उपकुलपति नियुक्तिमा खुला आवेदन र प्रतिस्पर्धाको नाटक मंचन गरेको टिप्पणी गरेका छन् ।

महासचिव पोखरेलले आफूले विश्वास गरेको नेतृत्व छान्दा विगतका असफल र विवादास्पद मान्छे नछानेको भए हुन्थ्यो भन्ने जनाएका छन् । विद्यार्थीको विदेश पलायनता रोक्नुपर्ने समयमा विश्वविद्यालयमा नेतृत्व चयनमा सरकारको कदम ठिक नभएको उनको टिप्पणी छ । उनले नियुक्ति प्रक्रिया ‘काशी जानु कुतीको बाटो’ जस्तो देखिएको पनि टिप्पणी गरेका छन् ।

एमाले महासचिव पोखरेलले लेखेको स्टाटस जस्ताको तस्तै :

‘उपकुलपति नियुक्तिमा भागवण्डानै गर्नु थियो भने खुला आवेदन र प्रतिस्पर्धाको नाटक मंचन नगरेकै भए हुन्थ्यो । अनि आफुले विश्वास गरेको नेतृत्व छान्दा विगतका असफल र विवादास्पद मान्छे नछानेको भए हुन्थ्यो। विद्यार्थीको विदेश पलायनता रोक्नुपर्ने समयमा विश्वविद्यालयमा नेतृत्व चयनमा सरकारको कदम ‘काशी जानु कुतीको बाटो’ जस्तो देखियो ।’

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजङ्ग बराल विहीबार नियुक्त भएका हुन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवम् अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org