ताजा समाचार

गृह मन्त्रालयले गर्‍यो सशस्त्र प्रहरीका १६ डिआइजी र १८ एसएसपीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १६ जना डिआइजी र १८ एसएसपीको सरुवा गरेको छ ।

सरुवामा विभिन्न कार्यालयका प्रमुख फेरिएका छन् ।

डिआइजी सरुवामा तीन बाहिनीका प्रमुख फेरिएका छन् । कोशीमा बंशी सुवेदी, उपत्यकाका किशोर प्रधान र मधेसको बाहिनीमा कालीदास धौबजीको सरुवा भएको छ । त्यस्तै, प्रहरी एकेडेमीमा कमल गिरी तथा स्टाफ कलेजमा अञ्जनीकुमार पोखरेलको सरुवा भएको छ ।

यसअघि नै काज सरुवा भएका लुम्बिनी प्रदेशस्थित बाहिनीका डिआइजी अभि कुमार खत्री, पोखरा बाहिनीका कुलबहादुर नेम्वाङ र सुर्खेत बाहिनीका दुर्गा भट्टराईको त्यही दरबन्दी भएको छ । एक वर्षमा हुनुपर्ने सशस्त्र प्रहरीको सरुवा १४ महिनापछि भएको हो ।

त्यस्तै, १८ एसएसपीको सरुवा हुँदा केही तालिम केन्द्रका प्रमुखहरू फेरिएका छन् । ककनी तालिम केन्द्रमा राजेन्द्र खड्का तथा कुरिनटारमा माधव प्रसाद पौडेलको सरुवा भएको छ । सुधीरजंग थाापाको लामापाटन, रवीनराज कर्णजीतको मनाङस्थित पर्वतीय उद्दार शिक्षालयमा सरुवा भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org