ताजा समाचार

दोषी मन्त्रीलाई कारबाही नगरेर प्रधानमन्त्रीले सुशासनका कुरा कसलाई सुनाएको ? : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दोषी ठहर भएका मन्त्रीलाई कारबाही नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । शुक्रबार विहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सरकार आफैंले गठन गरेको छानबिन आयोगले दोषी किटान गर्दा पनि थाह नपाएजस्तो गर्नु ठिक नभएको टिप्पणी गरेका छन् ।

महासचिव पोखरेलले ‘प्रधानमन्त्री पुष्पकमल दाहालले दोषी मन्त्रीलाई कारबाही नगरेर कसलाई सुशासनका कुरा सुनाएको होला ?’ भन्ने प्रश्न गरेका छन् ।आयोगले दोषी किटान गर्दा थाह नपाएजस्तो गर्ने मन्त्रीसँगै क्याबिनेट वैठक बसेर सुशासनका कुरा प्रधानमन्त्रीले सुनाउनु व्यवहारिक नभएको  महासचिव पोखरेलको तर्क छ ।

महासचिव पोखरेल सामाजिक सञ्जालमा लेख्छन्, ‘भ्रष्टाचारको छानबिन गर्ने प्रमुख निकाय अख्तियारले छानविनका लागि बोलाउदा झण्डा हल्लाउँदै बयान दिन जाने मन्त्री र सरकार आफैंले गठन गरेको छानबिन आयोगले दोषी किटान गर्दा थाह नपाएजस्तो गर्ने मन्त्रीसँगै क्याबिनेट वैठक बसेर सुशासनका कुरा प्रधानमन्त्रीले कसलाई सुनाएको होला ? आफैलाई कि अरु कसैलाई, साह्रै अलमल भो । राजिनामा माग्नुरवर्खास्त गर्नु पर्दैन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org