ताजा समाचार

नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालन हुन थाल्यो

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि नियमित सञ्चालन भएको छ ।

तुइन खोलामा पुल निर्माणका लागि चट्टानी पहाड फुटाउने कामका लागि गत पुसदेखि नै दिउँसो १२ बजेदेखि ४ बजेसम्म आवागमन बन्द हुँदै आएको थियो । चट्टान फुटाउने काम अन्तिम चरणमा पुगेकाले आवागमन नियमित गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

आजदेखि २४ सै घण्टा आवागमन खुला रहने नागढुंगा–मुग्लिन सडक योजना ९पश्चिम खण्ड०का सूचना अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org