ताजा समाचार

नेपालको लगातार विकेट पतन, अनिल र कुशल आउट

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले सस्तैमा तेस्रो विकेट गुमाएको छ।

नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको कुशल मल्ललाई जम्मा दुई रनमा तेस्रो विकेटका रुपमा गुमाएको हो। मल्लको विकेट आर्यन दत्तले लिएका हुन्। यसअघि दोस्रो विकेटका रुपमा सात रन बनाएका अनिल शाहलाई गुमाएको थियो।

पहिलो विकेटमा रुपमा १७ रन बनाएका आशिफ शेखलाई गुमाएको थियो।

नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ। शाह र शेखको विकेट भिभियन किंग्माले लिएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org