ताजा समाचार

बाल सचेतना केन्द्र नेपालको अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

काठमाडौं । बाल सचेतना केन्द्र नेपालले काठमाण्डौंमा ‘‘जिवन मूल्य शिक्षा आजको आवश्यकता किन’’ विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

काठमाण्डौं महानगरपालीका–०६ नम्बर वडाको संयोजकत्व तथा बाल सचेतना केन्द्र नेपालको अयोजनामा बौद्धस्थीत महेन्द्र उच्च माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि काठमाडौं क्षेत्र नम्बर–०३, माननीय सांसद सन्तोष चालिसेले पानसमा बत्ति बालेर गरेका थिए । प्रतियोगितामा ३० वटा विद्यालयका ६० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

बाल सचेतना केन्द्र नेपाल २०६७ सालमा स्थापना भएर सामाजिक सेवामा लगातार सक्रिय रहेर काम गरिरहेको केन्द्रका अध्यक्ष अध्यक्ष बाबुराम फुयालले बताएका छन् ।

प्रतियोगितामा हिसिला बोर्डिङ स्कुलमा अध्यायनरत छात्रा प्रिन्सी सुवेदी प्रथम, जनकल्याण मा.विमा अध्यायनरत छात्रा प्राश्ना दाहाल दृतिय तथा, इन्द्रावती पव्लीक स्कुलमा अध्यायनरत छात्रा मनिसा नेपाल तृतिय भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org