ताजा समाचार

फागुन १८ गते पाचौं भरतमोहन स्मृति सभा गरिने,सिप विकास प्रशिक्षणको पनि उद्घाटन

काठमाडौं । स्वर्गिय भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको आयोजनामा फागुन १८ गते काठमाडौंको पुरानो नैकापमा पाचौं भरतमोहन स्मृति सभा गरिने भएको छ । फाउण्डेसनकी संस्थापक लिमा अधिकारीका अनुसार कार्यक्रम पुरानो नैकापस्थीत कंकाली मा।वि।मा भरतमोहन स्मृति सभा गर्न लागिएको हो । सो कार्यक्रममा सिप विकास प्रशिक्षण कार्यक्रमको समेत उद्घाटन हुने उहाले बताउनुभयो ।

सामूदायिक विद्यालयका विद्यार्थीहरुलाई सिप सिकाईको बिकास गराउनका लागि सिप विकास प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको उहाले जानकारी दिनुभयो । कार्यक्रममा समाजसेवी रमेश प्रसाई लगाएतको उपस्थीति हुने फाउण्डेशनले जनाएको छ। स्वर्गिय भरतमोहन अधिकारी स्मृति फाउण्डेसन पुर्व उपप्रधानमन्त्री स्व। भरतमोहन अधिकारीको स्मृतिमा स्थापित संस्था हो । विक्रम सम्वत् १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुबा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिनुभएका अधिकारीको अधिकारीको ८२ वर्षको उमेरमा २०७५ साल फागुन १८ गते निधन भएको थियो ।

अधिकारीले कानुन तथा अर्थ राजनीतिको गहिरो अध्ययन गर्नुभएको थियो । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा भरतमोहन अर्थमन्त्री हुनुहुन्थ्यो । अधिकारीले नै आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रममार्फत हरेक स्थानीय तहमा सिधै रकम पठाउने कामको सुरुआत गर्नुभएको थियो । यस्तै वृद्धभत्ता, सामाजिक सुरक्षा भत्ता दिने कामको सुरुआत गरेका अधिकारीलाई अहिले पनि वृद्धवृद्धाले श्रद्धापूर्वक स्मरण गर्ने गर्दछन् । अधिकारी २०४६ सालको राजनीतिक परिवर्तनपछि चारपटक सांसद र पाँचपटक मन्त्री हुनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org