ताजा समाचार

लोफ्टी इटनको कीर्तिमानी शतक, नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

काठमाडौं । निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै नामिबियाले त्रिकोणात्मक टी–२० सिरिजमा नेपाललाई २०७ रनको विसाल लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा मंगलबार भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो । लोफ्टी इटनले १०१ रन बनाएका छन् । नेपालका रोहित पौड्येलले दुई विकेट, करण केसि र अभिनास बोहोराले समान एकएक विकेट लिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org