ताजा समाचार

फुटपाथ व्यवसायीमाथि गरिएको आक्रमणप्रति व्यापार श्रमिक संघको आपत्ति

काठमाडौं । काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र काठमाडौं महानगर प्रहरीबीच झडप भएको छ । बुधबार साँझ फुटपाथ व्यवासायीले सुन्धारामा पसल राख्न खोजेपछि महानगर प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । झडपमा ५ जना नगरप्रहरी र ६ जना व्यवसायी घाइते भएका छन् ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेले धरहरा अगाडि बसेका फुटपाथ व्यवसायी हटाउने क्रममा झडप भएको बताए । उनले भने, ‘९ बजेअघि व्यवसाय सुरु नगर्न आग्रह गरेका थियौँ । तर उहाँहरुले ७ बजे नै पसल राख्नु भयो । त्यसलाई हटाउन खोज्दा हामीमाथि आक्रमण भयो । यता मजदूरहरुले आफूहरुमाथि नगरप्रहरीले अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले विज्ञप्ति जारी गरी काठमाडौं महानगर प्रहरीका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरी टोलीले मजदुरमाथि आक्रमण गरेको दाबी गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org