ताजा समाचार

सरकारले सुशासनको हल्ला मात्रै बढी गर्‍यो : महासचिव पोखरेल

काठमाडौं  । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले सुशासनको हल्लामात्रै बढी गरेको बताएका छन्।

जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले गठबन्धन सरकार पूर्ण रुपमा असक्षम र असफल सावित भएको दाबी गरे।

उनले एमाले सरकारमा रहँदा अघि बढाएको विकास निर्माणका कामहरूले अहिले गति लिन नसकेको बताए। उनले वर्तमान सरकार खर्च जुटाउने कुरामा पनि असफल रहेको बताए।

उनले शिक्षक, कर्मचारीको पारिश्रमीक आन्तरिक ऋण उठाएर खुवाउनुपर्ने अवस्था अहिलेको सरकारले सिर्जना गरेको बताए। उनले पूँजीगत खर्च इतिहासकै अत्यन्त कमजोर अवस्थामा रहेको र पूँजीगत खर्च भविष्यमा देश कस्तो बन्छ भन्ने कुराको आधार भएको समेत बताए।

महासचिव पोखरेलले मन्त्री दोषी ठहर हुँदासमेत राजीनामा नदिएको भन्दै आपत्ति जनाए। एमालेका लागि राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने विषय चासोको विषय नरहेको बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org