ताजा समाचार

एमाले उपाध्यक्ष पौडेललाई २ सय किलोको मालाले स्वागत

काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई जनकपुरधाममा २ सय किलोको मालाले स्वागत गरिएको छ।

धनुषामा जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनमा सहभागी हुन आएका पौडेललाई जनकपुर विमानस्थलमा पार्टीका कार्यकर्ताहरूले २ सय किलोको माला लगाएर स्वागत गरेका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली आउने भएपछि तयार गरिएको माला उनी नआएपछि उपाध्यक्ष पौडेललाई लगाइएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org