ताजा समाचार

त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड्स भिड्ने

काठमाडौं । नेपालमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड्स भिड्ने भएका छन् ।

आइतबार टियुस्थित अन्तराष्ट्रीय क्रिकेट मैदानमा भएको नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारणले प्रभावित भएसँगै दुबैले टिमले एक–एक अङ्क बाँडेपछि नेपाल र नेदरल्याण्ड्स फाइनल पुगेका हुन् ।

अङ्क तालिकामा नेदरल्याण्ड्सले ४ खेलमा ५ अंक पाएको भने नेपालको ४ खेलबाट ४ अङ्क रहेको छ । त्यस्तै नामिबियाको ४ खेलमा ३ अङ्क मात्र रहेको छ । जारि प्रतियोगितामा ४ खेलमा २ मा जित हासिल गरेको नेपाल फाईनमा पुगिसकेको छ ।

अब नेपाल र नेदरल्याण्ड्सबीचको फाइनल खेल टियू मैदानमा मंगलबार हुने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org