ताजा समाचार

‘प्रधानमन्त्रीले चिया खान बोलाउनुभयो’ भनेर ठट्टा गर्दै बालुवाटार पुगे ओली

काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारतर्फ लागेका छन् ।

आफ्नो निवास बालकोटमा एमाले सचिवलायको आकस्मिक बैठक सकेर ओली बालुवाटारतर्फ लागेका हुन् ।

बालकोटमा उपस्थित सञ्चारकर्मीहरूलाई ओलीले प्रधानमन्त्रीले बोलाएकाले आफू जान लागेको प्रतिक्रिया दिए । ‘प्रधानमन्त्रीज्यूले बोलाउनुभएको थियो,’ ओलीले भने । उनले सरकार फेरिने/नफेरिने विषयमा भने प्रधानमन्त्रीलाई सोध्नुपर्ने बताए ।

एमाले र माओवादी केन्द्रबीचको नयाँ सत्ता समीकरणको अन्तिम तयारी भइरहँदा ओली बालुवाटारतर्फ लागेका हुन् । यसअघि एमाले सचिवालय बैठकले अहिलेको गठबन्धन संकटमा परेको भन्दै नयाँ ढंगले अघि बढ्न एमाले तयार रहेको निर्णय गरेको थियो ।

सचिवालय बैठपछि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डले भने आजै सरकार परिवर्तन हुने र सानो आकारको मन्त्रीमण्डलले शपथ लिने बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org