महिला अधिकारकालगि ११ बुँदे घोषणापत्र जारी
काठमाडौं । महिला अधिकारका लागि विश्व महिलावादी मञ्चद्वारा अनुमोदित ११ बुँदे घोषणापत्र सार्वजनिक गरिएको छ । आज महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले यहाँ पत्रकार सम्मलेन गरी उक्त घोषणापत्र सार्वजनिक गरेको हो ।
ओरेक नेपालका अध्यक्ष डा रेनु अधिकारीले घोषणापत्र सार्वजनिक गर्दै विश्वव्यापी रुपमा वातावरणीय ह्रास, पर्यावरणीय अन्यायले महिला पछाडि पारिएका भन्दै न्यायको लागि महिलावादी नेतृत्व, नीति सुधार र स्रोतको न्यायोचित वितरण गर्नुपर्नेमा जोड दिइन् ।
उनले युवा, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पूँजीवाद, औपनिवेशिक र पितृसत्ताले जीवनमा पारेका प्रभावको पहिचान तथा विश्लेषण गर्नुपर्ने, रुपान्तरणका लागि राजनीतिमार्फत युवाको नेतृत्व निर्माण गर्नुपर्ने बताइन् ।
डिजिटल रुपमा हुने सबै प्रकारका भेदभाव, हिंसा, मूल्यमान्यता र यसको सम्बोधनका लागि बनेका विभेद्पूर्ण नीतिको अन्त्य गर्नुपर्ने माग राख्दै पछाडि पारिएका किशोरी, महिला तथा यौनिक र लौङ्गिक अल्पसङ्ख्यक समुदाय अनुकूल कानुन र नीतिको निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उक्त घोषणापत्रमा उल्लेख गरिएको छ ।
विश्वव्यापी रुपमा महिलालाई सबैभन्दा बढी यौनकर्मी, आप्रवासी, मनोरञ्जन क्षेत्रमा काम गराउने, उनीहरुलाई सेवामूलक काममा मात्र सिमित गर्ने र महिलाको शरीरलाई उपभोग्य नाफा कमाउने माध्यमका रूपमा परिणत गरेको आरोप लगाउँदै यस्तो कार्यको सुधार गर्नुपर्ने माग घोषणापत्रमा राखिएको छ ।
घोषणापत्रमा सैन्यीकरण र पूँजीवादको चर्को द्वन्द्वका कारण स्रोतको दोहन, हिंसा र असमानताले महिला र बालबालिकामा असमान प्रभाव परेको उल्लेख गर्दै न्याय, समानता, मानव अधिकारको प्रत्याभूति र हातहतियार उत्पादनमा रोक लगाउँदै विश्वभरि चलिरहेको युद्धको तत्काल युद्धविरामको माग गरको छ ।
त्यस्तै गरिब, आदिवासी, भूमिहीन र ग्रामीण किसानको भूमि र आवासको अधिकार सुनिश्चित गर्नको लागि आन्दोलनलाई थप अगाडि बढाउन आग्रह गरेको छ ।
नियन्त्रित बजारद्वारा निर्देशित भएको अर्थतन्त्र, अन्यायपूर्ण विकास र निर्यातयोग्य नीतिले मानिसको शरीरलाई वस्तुमा परिणत गरी जबरजस्ती बसाइँसराइ, शरणार्थी, शोषण र बेचबिखनमा पार्न बाध्य पारेको घोषणपत्रमा उल्लेख गरिएको ओरेकका अध्यक्ष डा अधिकारीले जानकारी दिइन् ।
Comments
अरु समाचार
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्छुः त्रिवि उपकूलपति बराल
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजङ्ग बरालले शैक्षिक पात्रो सुधार गरी त्यसलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...
-
वर्षासँगै काठमाण्डौं प्रदूषण कम हुँदै
काठमाडौं ।काठमाडौं उपत्यका वायु प्रदूषणको हिसाबले आज विश्वकै ५० औँ स्थानमा सूचीकृत भएको छ । यही वैशाख २० गते विश्वको...
-
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिने
काठमाडौं । मधेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । आइतबार दुवै पाटिले मधेश सरकार छाड्ने...
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । हिजो सुरु भएको बैठकमा नेताहरूले बोल्न बाँकी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
आजको राशिफल: २०८१ वैशाख ३० गते आइतवार
मेष: विभिन्न भौतिक साधन जुट्नेछन् र लाभांश प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।पुरुषार्थी...
-
आजको राशिफल: २०८१ वैशाख २९ गते शनिवार
मेष :सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा...