रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । संघीय संसदको लोत्से हलमा बिहान साढ ८ बजेका लागि बैठक बोलाइएको छ । सत्ता समीकरण बदलिएपछि कांग्रेस पनि सक्रिय भएको छ ।
एकीकृत समाजवादीलाई रोक्न नसके पनि केही साना दललाई नयाँ गठबन्धनमा जानबाट रोकेका देउवाले आज संसदीय दलको बैठक बोलाएका हुन् ।
देउवाको पहलमा जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी गठबन्धनमा सामेल भएका छैनन् भने नागरिक उन्मुक्तिले पनि निर्णय गरिसकेको छैन ।
आज बस्ने संसदीय दलको बैठकले थप रणनीति तय गर्ने नेताहरूले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने बुधबार नै एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिसेका छन् ।
Comments
अरु समाचार
-
गाजा युद्धमा मृत्यु भएका मध्ये ७० प्रतिशत महिला तथा बालबालिका
गाजा । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले इजरायल र गाजामा सन् २०२३ अक्टोबर ७ बाट बाहिर आएको डरलाग्दो वास्तविकताको विवरण...
-
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
काठमाडौँ : तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत...
-
पदावधि नसकिँदै राजिनामा दिने पूर्व मुख्यसचिव अर्यालको तयारी
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार मुद्दामा सफाई पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । उनले गत...
-
शिक्षा क्षेत्रको विकासमा चिनियाँ चासो, पर्वतको भवानी विद्यापीठ विद्याललाई सहयोगको ओइरो
काठमाडौं । पर्वतको फलेबास–५, खानीगाउँस्थित भवानी विद्यापीठलाई चीन सरकारले विभिन्न सहयोग उपलब्ध गराउने भएको छ । नेपालका लागि राजदूत छन...
-
एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने क्यानको तयारी
काठमाडौं। नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी भइरहेको क्रिकेट...
-
जोखिममा धनगढीको इन्धन डिपो, स्थानान्तरण गर्न स्थानीयको माग
काठमाडौं । धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन...
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक...
-
अन्नपूर्ण आधार शिविरमा पर्यटकसँगै फोहरको चुनौती बढ्दाे
म्याग्दी: अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर दुई वर्षअघिसम्म सुनसान थियो...
-
आजको राशिफलः २०८१ साल कार्तिक २३ गते शुक्रवार
मेष:सानो भूलले मिहिनेतको फल अरूको हातमा पर्न सक्छ। विचार नमिल्नाले आफन्तसँग मतभेद देखा पर्नेछ। सोखले सञ्चित रकम खर्च गराउन सक्छ।...