ताजा समाचार

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौं ।राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा अध्यक्ष पदका लागि मंगलबार भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको सँगै दाहाल बहुमतका साथ अध्यक्षमा निर्वाचित भएका हुन् ।

मतदानमा ५६ उपस्थित सांसद मध्ये यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरेकी हुन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थनमा दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए ।

त्यसअघि, कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार रहेका युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । शार्माका पक्षमा १७ मत खसेको थियो भने विपक्षमा ३९ मत परेको थियो ।

२०१२ सालमा जन्मिएका दाहाल नाताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ पर्छन् ।उनि २०३६ सालदेखि पूर्णकालिन राजनीतिमा सक्रिय रहेको र २०४८ मा २०५७ सालदेखि माओवादीको केन्द्रीय सदस्य रहेको एक नेताले बताएका छन् ।

दाहाल विस्तृत शान्ति सम्झौतापछि २०६३ को अन्तरिम व्यवस्थापिका संसदमा सांसद थिए । २०६४ मा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका थिए । २०७० को चुनावमा भने सोही क्षेत्रबाट पराजित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org