ताजा समाचार

वन अधिकृतसहित २४ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीका तत्कालीन डिभिजन वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आइतबार आयोगले २४ जनाविरुद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

उनीहरुविरूद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ बिगो माग दाबी गरेको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org