एसईई परीक्षाको तयारी पूरा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
चैत १५ गतेदेखि सुरु भई २७ गते सम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। उनका अनुसार यसवर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए।
परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । पाँच लाख चार हजार ४१४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको सङ्ख्या घट्न सक्ने उनले बताए ।
परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री कार्यालयले सातै प्रदेशमा पठाएको जानकारी दिँदै परीक्षा नियन्त्रक पौडेलले प्रदेश र जिल्लाले गर्ने तयारी पनि भइरहेको बताए। उनका अनुसार आवश्यक बजेट सातवटै प्रदेश सरकारअन्तर्गत सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ ।
Comments
अरु समाचार
-
लोकसेवा आयोगद्वारा ठूलो संख्यामा कर्मचारी माग
काठमाडौं । लोकसेवा आयोगले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ। आयोगले बुधबार विज्ञापन प्रकाशन गर्दै जारी गरेको सूचनाअनुसार पाँचौं...
-
हिमालय कलेज अफ इन्जिनियरिङद्वारा आयोजित ‘ह्याकाथन प्रतियोगिता र करियर फेस्ट’ सुरु
काठमााडौं । ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङ्गद्वारा आयोजित ह्याकाथन प्रतियोगिता र करियर फेस्ट सुरु भएको छ । जसलाई ‘कोड...
-
त्रिविमा २०५८ यताकालाई मौका परीक्षाको अवसर (सूचनासहित)
काठमाडौं । समय सीमा कटेका कारण परीक्षा दिन नपाएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले यसपालि मौका परीक्षा दिन पाउने भएका छन्। त्रि.वि...
-
गण्डकी स्कुलमा विधिपूर्वक सरस्वती पूजा सम्पन्न
काठमाडौं । काठमाडौंको म्हेपिमा अवस्थित गण्डकी स्कुलले विशेष कार्यक्रम गर्दै विधिपूर्वक सरस्वती पूजा सम्पन्न भएको छ । माघ शुक्ल पञ्चमी...
-
त्रिवेणी माध्यमिक विद्यालय बाह्रबिसेको हिरकजयन्ती माघ १० गतेदेखी १६ गतेसम्म
काठमाडौं । सङ्खुवासभा जिल्ला, सभापोखरी गाँउपालिकाको केन्द्रमा रहेको त्रिवेणी माध्यमिक विद्यालय बाह्रबिसेले २०८१ माघ १० गतेदेखी १६ गतेसम्म ६०औं वार्षिकोत्सव...
-
चिसोका कारण इटहरीमा विद्यालय बन्द
काठमाडौं । अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरु दुई दिन बन्द गरिने भएको छ ।...
-
चिसो बढेपछि नेपालगञ्जका विद्यालय बन्द
काठमाडौं । अत्याधिक चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ । जाडो बढेसँगै विद्यालयहरुले आजदेखि...
-
त्रिविमा स्ववियु निर्वाचन चैत ५ गते हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आगामी चैत ५ गते हुने भएको छ । त्रिविका शिक्षाध्यक्ष डा...
-
स्ववियु निर्वाचन चैत ५ गते हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुने भएको छ । फागुन १५ गतेका लागि...