ताजा समाचार

ध्वनि प्राविधिक कुमार केसी गिनिज बुकमा नाम लेखाउन सफल

काठमाडौं । निरन्तर रेकर्डिङ तथा ध्वनि मिश्रण गर्दै आएका ध्वनि प्राविधिक कुमार केसी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । प्रत्यक्ष वाद्यवादनसहितको गायनको लाइभ रेकर्डिङ तथा म्युजिक भिडियो छायांकन पहिलोपटक उच्च स्थानमा गरेपछि केसीसहितको समूह गिनिज बुकमा नाम लेखाउन सफल भएको हो ।

दुई वर्षअगाडि सन् २०२२ अप्रिलमा मनाङको तिलिचो तालभन्दा अझै उच्च स्थान ५१०५ मिटर (१६,७४८फिट ८ दशमलव २ इन्च) मा गई प्रत्यक्ष बाद्यवादन सहितको गायन तथा म्युजिक भिडियो छायांकन गरिएको थियो । जसको प्रत्यक्ष रेकर्डिङ केसीले गरेका थिए । ‘तिलिचो ताल’ बोलको गीतबाट उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाएका हुन् । जसका विश्व किर्तिमानी गीतकार डा. डीआर उपाध्याय, संगीतकार सन्तोष श्रेष्ठ र गायक सागर शरद अधिकारी हुन् ।

विगत डेढ दशकदेखि निरन्तर सांगीतिक क्षेत्रमा कार्यरत केसी एक परिचित नाम हो । ललितपुरको गोदावरी- १० निवासी उनी आफैं स्टुडियो फिल्डका सञ्चालक पनि हुन् ।

गायन समूहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गर्दै धन्यवाद दिएका छन् । गीतसंगीत मार्फत नेपाललाई चिनाउन मिहिनेत गरेकोमा राष्ट्रपति पौडेलले बधाई दिँदै आगामी दिनमा पनि यस्तै कार्यमा अघि बढ्न हौसला दिएका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org