ताजा समाचार

क्रिकेटर आदिलले फिक्सिङको आरोपबाट उन्मुक्ति पाए

काठमाडौं । क्रिकेटर आदिल अन्सारीले फिक्सिङको आरोपबाट उन्मुक्ति पाएका छन् । अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालत काठमाडौंले उनलाई सफाइ दिएको हो । न्यायाधीश कमल प्रसाद पोखरेलको एकल इजलासले अन्सारी सहित ५ जनालाई निर्दोष ठहर गरेको छ । सफाइ पाउनेमा महबुब आलम, नितेश साह गुप्ता, नविन कँडेल, रवी माझी र महबुब आलम छन् । उनीहरुविरुद्ध गत वर्ष फागुन ५ गते मुद्दा दायर भएको थियो ।

नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा अघिल्लो वर्षको माघमा अन्सारी, पूर्व क्रिकेटर महबुब आलम र नितेश गुप्ता पक्राउ परेका थिए । त्यसको तीन महिनापछि जनही ३ लाख धरौटीमा छुटेका थिए । ९ पुसदेखि २७ सम्म भएको कीर्तिपुर मैदानमा भएको नेपाल टी–२० लिगमा उनीहरूले स्पट फिक्सिङ गरेको आरोप लागेको थियो ।

फिक्सरसँग रकम लिएर नो बल फ्याकेको आरोप आदिलमाथि लागेको हो । क्रिकेटको भाषामा यसलाई स्पट फिक्सिङ भनिन्छ । उनीहरुमाथि खेलमा मिलेमतो तथा अनियमितताको मुद्दा दायर भएको थियो । त्यसअघि आदिल राष्ट्रिय टोलीबाट खेल्दै आएका थिए ।
फैसलापछि आदिलले अदालतप्रति आभार व्यक्त गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org