टी-२० अभ्यास खेल: नेपाल र आयरल्यान्ड ‘ए’ बीच आज दोस्रो खेल
काठमाडौं । नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकाएर नेपाल भारत भ्रमणमा जानेछ ।
सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो । टी-२०आई र टी-२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हो । त्यसैले नेपाली खेलाडीहरूले बिनादबाब खेलिरहेका छन् ।
नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गर्नेछन् । आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन् । सिनियर टोलीका पिटर मुर, ग्यारेथ डेलानी र बेन ह्वाइट जस्ता स्टार खेलाडी आयरल्यान्डका मुख्य हतियार हुन् । पहिलो रोजाइका अलराउन्डर डेलानीले आयरल्यान्डबाट ६७ टी-२० आई खेल खेलेका छन् ।
यता नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेल प्रमुख खेलाडी हुन् । अभ्यास खेल हुँदा नेपालले आज बेन्च स्टेन्थ पनि परीक्षण गर्न सक्छ ।पहिलो खेलमा मौका नपाएका अनिल शाह, विवेक यादव र आकाश चन्दलाई आज मौका दिने सम्भावना छ ।
आयरल्यान्ड ए को टोली
निल रक ९कप्तान०, पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट ।
नेपालको टोली
रोहित पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द ।
Comments
अरु समाचार
-
स्थगित भएको आईपीएल आजदेखि, क्रिकेटप्रेमी खुसी
काठमाण्डौ । स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) पुनः सुरु हुने भएपछि क्रिकेटप्रमीहरु उत्साहित भएका छन् । भारत–पाकिस्तानबीचको तनावका कारण...
-
महिला टी–२० विश्वकप: नेपाल एसिया छनोटको सुपर थ्री मा प्रवेश
काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ । शुक्रबार...
-
यमाल नायक बन्दा बार्सिलोनालले २८ औँ पटक जित्यो स्पेनिस ला लिगाको उपाधि !
काठमाडौं । बार्सिलोनाले २८ औँ पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । गएराती इस्पानियोललाई २–० ले हराउँदै बार्सिलोनाले २८...
-
कप्तान बर्माको ब्याट चल्दा हार मुखबाट बच्यो नेपाली टोली !
काठमाडौं । थाइल्याण्डमा जारि आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बहराईन माथि संर्घषपूर्ण जित...
-
महिला टी–२० विश्वकप छनोट : नेपाल र बहराइन भिड्ने
काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज चौथो खेल खेल्दैछ । थाइल्यान्डमा जारि विश्वकप छनोट प्रतियोगितामा...
-
क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा
काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पीनर सन्दीप लामिछानेले यसपटक नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा समावेश नहुने...
-
विश्वकप एसिया छनोटः नेपाल र हङकङसँग ७ विकेटले पराजित
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । समूह...
-
विश्वकप एसिया छनोटः नेपाल र हङकङ भिड्दै
काठमाडौं । थाइल्याण्डमा जारि आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल हङकङसँग भिड्दैछ । छनोटको समूह ‘सि’मा रहेको नेपाल...
-
एम्बाप्पेको ह्याट्रिकका बाबजुद रियल मड्रिड हार्यो, बार्सिलोना उपाधि नजिक !
काठमाडौं । यूरोपमा जारि स्पेनिस ला–लिगाको सर्वाधिक महत्त्वपूर्ण खेल मानिने ‘एल क्लासिको’ मा पुनः बार्सिलोनाले बाजि मार्दा यो पटक रियल...