कुलो खन्न गएकी महिलाको जलेर मृत्यु
काठमाडौं । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते हुनुभएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न जानुभएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते हुनुभएको थियो । कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो । उहाँलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो ।
उहाँको निसर्ग अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताउनुभयो ।
Comments
अरु समाचार
-
स्याङ्जामा युवकको हत्या
काठमाडौं । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी...
-
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै
काठमाडौं । नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले...
-
प्रतितोला चार सय रुपैयाँले घट्यो सुनको मुल्य
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४...
-
तातो हावाको लहर अझै बढ्ने, विभागले भन्यो- सतर्क रहनुस्
काठमाडाैँ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै...
-
बझाङमा कांग्रेसको झिनो अग्रता, अब दुई पालिका गन्न बाँकी
काठमाडाैँ । बझाङ प्रदेशसभा (१) को उप-निर्वाचनमा कांग्रेसले अग्रता कायम राखेको छ। अब दुई पालिका गन्न बाँकि रहँदा कांग्रेस झिनो...
-
इलाममा सुहाङले कटाए १० हजार मत, अन्तर पनि फराकिलो
काठमाडाैँ । इलाम २ मा जारी मत गणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले १० हजार मत कटाएका छन् । पछिल्लो...
-
डम्बरसँग मतान्तर बढाउँदै सुहाङ, करिब २२ हजार भाेट गन्दा २६१८ ले लिड
काठमाडाैँ । उपनिर्वाचनको जारी मतगणनाअनुसार इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता जारी राखेका छन् । सोमबार बिहान ७ः५५...
-
दुबईमा विश्वकै सबैभन्दा ठूलो विमानस्थल टर्मिनल निर्माण कार्य शुरु
अबुधाबी । दुबईको अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम शुरु भएको छ । संयुक्त अरब इमिरेट्सले झण्डै ३५ अर्ब...
-
बझाङमा एमालेलाई कांग्रेसले उछिन्यो
काठमाण्डौ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ ९क० मा नेपाली कांग्रेसले अग्रता लिएको छ । अहिलेसम्म २० हजारभन्दा बढी...