ताजा समाचार

भट्टराई कुलवंश प्रतिष्ठानको १० औं महाधिवेशन देवघाटमा सुरु

चितवन । भट्टराई कुलवंश  प्रतिष्ठानको १० औं केन्द्रीय महाधिवेशन चितवनको देवघाटमा सुरु भएको छ ।’विश्वका भट्टराई बन्धुहरु एक हौं’ भन्ने मूल नाराका साथ शुक्रवार र शनिवार दुई दिन आयोजना हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

उद्घाटनसत्रमा प्रमुख अतिथि नेपाल पञ्चाङग निर्णायक समितिका पूर्वअध्यक्ष डाक्टर माधव भट्टराईले भट्टराई जाति संगठित हुनु देशको विकास तथा परिवर्तनमा सकारात्मक पक्ष भएको जनाउनु भयो ।

उद्घटनका अवसरमा भट्टराई कुलवंश प्रतिष्ठानका अध्यक्ष शेरबहादुर भट्टराइलगायतले बोल्नु भयो । कार्यक्रममा सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

कार्यक्रमको सुरुवातमा भट्टराई कुलवंश प्रतिष्ठान बागमती प्रदेश समितिका उपाध्यक्ष सुरज भट्टराईले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो । महाधिवेशन शनिवार नयाँ नेतृत्व चयन गर्दै सकिने जनाइएको छ । महाधिवेशनमा पहिलो दिनको उद्घोषण जीवराज भट्टराईले गर्नु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org