पहिलो खेलमा पराजित नेपाल आज आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै
काठमाडौं । शुक्रबार भएको पहिलो टी–२० सिरिजमा आयरल्याण्ड ‘ए’ सँग पराजित नेपाल ‘ए’ले शनिबार दोस्रो खेल खेल्दैछ। यो खेल शनिबार दिउँसो १ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ।
घरेलु मैदानमा पहिलो खेलमा लोकेश बमले शतक प्रहार गर्दासमेत पराजित भएको नेपाल दोस्रो खेलमा जितको लक्ष्यसहित मैदानमा उत्रिने छ।
शुक्रबार आयरल्याण्ड ‘ए’ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९।३ ओभरमा २ सय १ रनमा अलआउट भयो।
आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार गरे पनि टिमको हार टार्न सकेनन् । ५६ बलमा ९ चौका र ८ छक्का प्रहार गर्दै १ सय ६ रनमा लोकेश आउट भएपछि नेपालको इनिङ धर्मरायो।
नेपाललाई बलियो स्थितिमा पुर्याउन लोकेशसँग साझेदारी गरेका आरिफ शेख ४९ रनमा आउट हुँदा अन्य ब्याट्सम्यान टिक्नै सकेनन्।
नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। अर्जुन घर्ती ३, किरन ठगुन्ना २, बसिर अहमबेद ३ रनमा आउट भए।
देव खनाल, रासिद खान, कमल ऐरी र हेमन्त धामी शून्य रनमा आउट भए। सागर ढकाल १ रनमा नटआउट रहे।
यसअघि टस जितेर पहिला बलिङ गरेको नेपालका कमल ऐरीले ३ विकेट लिए। चोटका कारण २ वर्ष मैदान बाहिर रहेका ऐरीले पहिलो ओभरमा नै विकेट लिएका थिए। सागर ढकाल र आरिफ सेखले एक–एक विकेट लिए।
नेपाल र आयरल्यान्ड ‘ए’ले तीन तीन खेलको टी–२० र एक दिवसीय सिरिज खेल्नेछन्। टी–२० सिरिजको अन्तिम खेल आइतबार हुनेछ। पहिलो खेल पराजित नेपालमाथि बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ।
नेपाल र आयरल्याण्ड ‘ए’को एक दिवसीय सिरिज भने चैत २१ गते सुरु हुँदैछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।
आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि–२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...