सिरियामा हवाई हमलामा परेर कम्तीमा ४२ जनाको मृत्यु
काठमाडौं । उत्तरपश्चिम सिरियामा भएको हवाई हमलामा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । सिरियाली रक्षा मन्त्रालयले इजरायली विमानले स्थानीय समय अनुसार बिहान २ः४५ बजे अलेप्पो नजिकका धेरै ठाउँहरूलाई निशाना बनाएको जनाएको छ।
बेलायतमा रहेको अनुगमन संस्थाले हिजबुल्लाहको हतियार भण्डारलाई निशाना बनाएर गरिएको यस हमलामा हिजबुल्लाह लडाकुका साथै धेरै सिरियाली सैनिक मारिएको बताएको छ। आक्रमणको केही घण्टापछि इजरायली सेनाले लेबनानमा भएको हवाई हमलामा हिजबुल्लाहका वरिष्ठ नेता अली अबेद अख्सान नइम मारिएको बताएको थियो।
इजरायली सेनाका अनुसार उनी हिजबुल्लाहको क्षेप्यास्त्र र रकेट इकाईका उपकमाण्डर थिए र इजरायली नागरिकहरूमाथि हमला गर्ने योजना बनाउने र अभियान सञ्चालन गर्न जिम्मेवार थिए। इजरायलको दाबीमा हिजबुल्लाहको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
हमासबाहेक सिरिया, इरान र हिजबुल्लाह सबै इजरायलको अस्तित्वको विरोध गर्छन्। अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि इजरायल र हिजबुल्लाहबिच एक अर्कामाथि आक्रमण बढेको छ ।
Comments
अरु समाचार
-
युक्रेनमा ट्रम्पको कूटनीतिक आक्रमणपछि युरोपेली नेताहरु पेरिसमा पुनः एकजुट
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार आफ्नो भव्य एलिसी प्यालेसमा प्रमुख युरोपेली सङ्घ (इयु) का राष्ट्रहरू र बेलायतका नेताहरूलाई अमेरिकासँग कसरी...
-
पाकिस्तानमा तीर्थयात्री बोकेको बस पल्टिँदा १२ जनाको मृत्यु, १५ घाइते
काठमाडौं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा तीर्थयात्री बोकेको बस पल्टिँदा १२ जनाको मृत्यु र १५ जना घाइते भएको प्रहरी स्रोतले...
-
हमासले आज रिहा गर्ने तीन जनाको नाम सार्वजनिक
काठमाडौं । इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि हमासले शुक्रबार तीन जना बन्धकको नाम सार्वजनिक...
-
काठमाडौंका विभिन्न स्थानमा आज बिद्युत सेवा रोकिने
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज...
-
काश्मीर सीमामा भारत र पाकिस्तानबिच गोली हानाहान
काठमाडौं । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन् । पाकिस्तानी...
-
अमेरिकामा रोजगारी गुमाएका तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग
काठमाडौं । अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ । टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा...
-
ट्रम्पको रिस टार्न खोज्दै मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता पुनर्जीवित गर्न र भन्सार तथा आप्रवासनमा अमेरिकी राष्ट्रपतिको...
-
युक्रेनका लागि नाटो सदस्यता व्यवहारिक भएन : अमेरिका
काठमाडौं । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको नाटो सदस्यता व्यवहारिक नभएको बताएका छन्। रुस र...
-
बन्धक रिहा नगरे गाजामा भीषण हमला गर्ने चेतावनी
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले शनिबार सम्म बाँकी रहेका बन्धकको रिहा नगरे गाजामा पुनः भीषण हमला सुरु गर्ने...