ताजा समाचार

चीनले बनाइदियो रसुवामा भव्य विद्यालय

काठमाडाैँ । चीनले रसुवामा सुविधा सम्पन्न विद्यालय बनाइदिएको छ ।

उक्त विद्यालय अस्ति शुक्रबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

सो विद्यालय सार्वजनिक विद्यालय पुनर्निर्माण परियोजनाअन्तर्गत बनाइएको बताइएको छ । विद्यालय हस्तान्तरण समारोहमा काठमाडौंस्थित चिनियाँ दूतावासका काउन्सिलर सि युलगायतको उपस्थिति थियो ।

चीनले रसुवामा जस्तै सोही परियोजनाअन्तर्गत दोलखामा पनि सुविधा सम्पन्न विद्यालय बनाइदिएको छ । नेपालको शिक्षा क्षेत्रमा चीनले गरेको यो सहयोगलाई उल्लेख्य नमूनाको रुपमा लिइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org