ताजा समाचार

लोकप्रिय गायक राजेश पायल राई प्रहरी नियन्त्रणमा

काठमाडौं । लोकप्रिय गायक राजेश पायल राईलाई प्रहरीले पक्राउ गरेको छ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा गएराति अनामनगरबाट राई पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा राई सहित उनिसँग रहेका अन्य तीन जना छन् । प्रहरीका अनुसार मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये धेरैजसोलाई आफन्तको जिम्मा लगाइएको छ ।

गायक राईलाई पनि आफन्तको जिम्मा लगाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org