ताजा समाचार

सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी

झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि ५ हजार मतको अन्तरले जित्ने दावी गरेका छन् ।  इलाम–२ मा आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवारसहित २० जनाले मनोनयन दर्ता गराएका छन् ।

सुहाङले मनोनयन दर्ता गरेपछि एमालेका स्थायी समिति सदस्य कार्कीले पहिला उम्मेदवार हुन पार्टी हेरिन्थ्यो, अहिले व्यक्ति हेरिएको बताए । इमानदार र दाग नलागेका शालिन नेता सुवास नेम्बाङका छोरा जसले बुबाको निधन पश्चात बुबाको विरासत जोगाउने प्रण गरेका एक कुशल युवा व्यक्तिका रुपमा सुहाङलाई उम्मेदवार बनाएर पार्टीले सहि निर्णय गरेको उनको भनाई छ ।

‘अरु विदेश गइरहेका छन्’, नेता कार्कीले भने–‘उनी विदेशबाट आफ्नै देशमा केहि गर्छु भनेर नेपाल आए । वकिल पेशासँगै आफ्नै क्षेत्रमा विकास र बुबाको विरासत कायम राख्छु लगायतका काम गर्छु भनेर राजनीतिमा होमिएका एक युवालाई पार्टीले टिकट नदिनु दुःखद हुने थियो । त्यहि भएर सबैको सल्लाहमा उम्मेदवार बनाएका छौँ ।’

उनले भने–‘सुवास नेम्बाङले किरात धर्मको पहिचानको पक्षमा गरेका धेरै योगदानलाई अबमुल्यन हुन दिदैनौँ । धार्मिक पर्यटन, आत्मनन्दनका बुबा फाल्गुनन्दनको विभुति स्थापना गर्न होस् वा इलामको विकास र युवा वर्गमा गरेको योगदान कसैले विर्सनु हुँदैन ।’कांग्रेस उम्मेदवार डम्बर खड्का २०७९ को चुनावमा सुवास नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए । नेम्बाङले ३० हजार २० मत ल्याएर विजयी भएका थिए । यता खड्काले २९ हजार ९०६ मत मात्र प्राप्त गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org