ताजा समाचार

फोटो पत्रकार (पिजे) क्लबको अध्यक्षमा द्वारिका काफ्ले चयन

काठमाडौँ । फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार (पिजे) क्लबको अध्यक्षमा द्वारिका काफ्ले चयन भएका छन् । आइतबार भएको क्लबको तेह्रौँ साधारणसभा तथा अधिवेशनले काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

काफ्ले राजधानी दैनिकमा कार्यरत फोटो पत्रकार हुन् । अधिवेशनबाट उपाध्यक्षमा कान्तिपुर दैनिकका अंगद ढकाल, महासचिवमा नयाँ पत्रिकाका अमुल थापा, सचिवमा गोरखापत्र दैनिकका कबिन अधिकारी र कोषाध्यक्षमा केशव थापा निर्विरोध निर्वाचित भएका छन् ।

क्लबको सदस्यहरुमा संन्जोग मानन्धर, निशा भण्डारी, इलिट जोशी, बिजु महर्जन, सरोज बैजु र सन्जित परियार निर्विरोध चयन भएका छन् । निर्वाचित पदाधिकारीहरुलाई आइतबारै एक कार्यक्रमका बीच निर्वाचन समितिले प्रमाणपत्र दिएको छ ।

सो अवसरमा क्लबका संस्थापक अध्यक्ष चन्द्रशेखर कार्की, पूर्वअध्यक्ष एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विकास कार्की, पूर्वअध्यक्ष प्रकास माथेमा, वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठ लगायतले नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरे ।

साधारण सभाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजिवी पत्रकारहरुको हकहितका लागि अझै सक्रिय भूमिका निभाउने र पैरवी गर्दै अघि बढ्ने निर्णय गरेको महासचिव थापाले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org