ताजा समाचार

सभामुखले प्रमुख चार दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडाैँ ।सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख चार दलका शीर्ष नेतासँग गर्ने भनिएको छलफल दिउँसोलाई सरेको छ ।

यसअघि बिहान साढे १० बजे सिंहदरबारमा तय भएको शीर्ष नेतासँगको छलफल दिउँसो २ बजेलाई सरेको उनको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागबारे सभामुख घिमिरेले प्रमुख चार दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको मागसहित कांग्रेसले सदन चल्न नदिने अल्टिमेटम दिएको छ ।

छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई बोलाइएको छ ।

गत २१ गतेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले अर्को बैठकमा छानबिन समिति गठन नभए संसद् ठप्प पार्ने अल्टिमेटम दिएको थियो । प्रतिनिधि सभाको अर्को बैठक चैत २७ गते मंगलबार बोलाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org