पनौती–खोपासी सडक कालोपत्र गर्न माग
काठमाडौं । पनौती नगरपालिकाको रोशी खोला पुलबाट खोपासी बजार हुँदै बेथानचोक गाउँपालिकाको सिमाना पाटीखर्कसम्मको चार किलोमिटर सडकखण्ड कालोपत्र गर्न स्थानीयले माग गरेका छन् । लामो समयदेखि उक्त खण्डमा कालोपत्र नहुँदा यात्रा गर्न सास्ती हने गरेको भन्दै स्थानीयले कालोपत्र गर्न स्थानीयले माग गरेका हुन् ।
पनौती–१० का वडाध्यक्ष मोहनबहादुर भण्डारीले वर्षौँ बितिसक्दा पनि कच्ची सडकमा कालोपत्र नहुँदा यात्राका क्रममा धुलो र खाल्डाखुल्टीका कारण स्थानीयले सास्ती खेप्नुपरेको भन्दै छिट्टै कालोपत्र गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइएको बताउनुभयो । जिल्लाको पनौतीपछिको मुख्य बजारको रुपमा रहेको खोपासी बजारसम्म व्यवस्थित सडक नबन्नु विडम्बनाको विषय भएको उहाँको भनाइ छ ।
एकातिर सो बजार भएर जाने छिमेकी पालिका बेथानचोक, पनौती बजार, नजिकैको वडालगायत सबै ठाउँमा पक्की सडक निर्माण भइसकेको भन्दै वडा नं १० अझैपनि पिछडिएर बस्नु परेको वडाध्यक्ष भण्डारीको भनाइ छ । स्थानीयको समस्या तत्काल समाधान गर्नका लागि नगरपालिका, प्रदेश र सङ्घ सरकारलाई ध्यानाकर्षण गर्दै कालोपत्र गर्न गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।
“पहिला साँघुरो रहेको सडक विस्तार त भयो, तर स्तरोन्नति नगर्दा धुलो, हिलो र खाल्डाखुल्टीका कारण यात्रा गर्दा सास्ती हुने गरेको छ”, वडाध्यक्ष भण्डारीले भन्नुभयो, “वरिपरिको सहर बस्ती र सोही बजार भएर छिमेकी गाउँपालिकासम्म पुग्ने सडक कालोपत्र हुँदा बीचको यो वडाको मुख्य सडक अव्यवस्थित भएको छ ।”
सडक कालोपत्र गराउनको लागि नगरपालिका, प्रदेश र सङ्घ सरकारसँग छलफल गरिसकेको बताउँदै वडाध्यक्ष भण्डारीले प्राप्त आश्वासनलाई कार्यान्वयन गर्नका लागि नागरिक र सरोकारवालालेसमेत संयुक्त दबाब दिन आवश्यक रहेकामा जोड दिनुभयो । सो सडक कालोपत्र गर्नका लागि पूर्वाधार विकास कार्यालयले विस्तृत गुरुयोजनासमेत तयार गरिसकेको छ भने यसअघि रकमसमेत विनियोजन भए पनि कार्यान्वयन नगर्दा थप समस्या भइरहेको उहाँको भनाइ छ ।
पटक–पटक यो विषय उठान गरी आवश्यकताको बोध गराउँदा पनि त्यसको कार्यान्वयन नहुने अवस्था भएमा विसं २०८१ वैशाख १६ गतेदेखि दबाबमूलक कार्यक्रम गर्ने वडाध्यक्ष भण्डारीले बताउनुभयो । सडक कालोपत्र गराउने विषयमा सबैको सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
Comments
अरु समाचार
-
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन् । आज बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा उनलाई...
-
नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो
काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५०...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
महासभामा नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै काम नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल...
-
विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आईसिसि विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । लिग–२ अन्तरगतको पहिलो खेल आज...
-
चितवनमा बिक्री भएन पाँचसय मेट्रिक टन मह
काठमाडौं । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन...
-
जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार...
-
नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार राती करिब ७ः२० बजे ईच्छाकामना गाउँपालिका–६ नौ...
-
पहेलो धातुको मूल्य हाल सम्मकै उच्च
काठमाडौं । बहुमूल्य पहेलो धातु(सुन)को मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन प्रतितोला पाँच सय रुपैयाँले बढेको...