ताजा समाचार

श्रम स्वीकृति लिनेको संख्या २ लाख नाघ्यो, रेमिट्यान्स २१% ले बढ्यो

काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स(विप्रेषण आप्रवाह) २१ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा यस्तो देखिएको हो । समीक्षा अवधिमा रेमिट्यान्स रु.९ खर्ब ६१ अर्ब २२ करोड पुगेको छ ।

जुन अघिल्ला आवको सोहि अवधिको तुलनामा २१ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृती (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४हजार २७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७६१ र १ लाख ९२हजार ५५९ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई रु.१०४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org