इरानद्वारा इजरेलमा आक्रमण, राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्दै
काठमाडौं । इरानले इजरेलमा आक्रमण सुरु गरे सँगै राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्ने भएको छ । गएराती इरानले दर्जनौ ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरेलमा हवाई हमला गरेको हो। इरानको तेहरानबाट इजरेलतर्फ प्रहार गरेका तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन मध्ये धेरैजसोलाई निस्तेज पारिएको इजरेली सेनाले जनाएको छ।
केही हमला इराक र यमनबाट समेत भएको इजरेली सेनाका प्रवक्ताले जनाएका छन्। मानिसहरूले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन्। इरानको रिभोल्युशनरी गार्डस्ले एक विज्ञप्तिमार्फत ती हमलालाई इजरेली अपराधको जबाफ भएको प्रष्टिकरण दिएका छन् ।
प्रवक्तले एप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको हमलालाई समेत उल्लेख गरे । उक्त इजरेली हमलामा इरानका दुई वरिष्ठ कमान्डर पनि मारिएको, त्यसको बदला लिने तेहरानको चेतावनी दिएको थियो । इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इजरेलले दिने जबाफबारे छलफल गर्न वार क्याबिनेटको बैठक बोलाएका छन्। उनले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरेका छन्।
यसअघि इजरेल डिफेन्स फोर्सेस आईडिएफले तेहरानले अवस्थालाई थप चर्काउन खोजेकाले नतिजा झेल्नुपर्ने चेतावनी दिएको थियो। इरानले आफूले थप हमलाहरू नगर्ने भन्दै इजरेली जबाफ वा अमेरिकाको अन्य कुनै संलग्नताविरुद्ध चेतावनी दिएको छ। इरानको रिभोल्युशनरी गार्डस्ले आफ्ना हमलाहरू निश्चित निशानाहरूमा लक्षित गरिएको जनाएको छ।
संयुक्त राष्ट्रसङ्घले इरानले इजरेलमाथि गरेको हमलाका बारेमा छलफल गर्न इजरेलको अनुरोधमा आइतवार सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्ने जनाएको छ।
सामाजिक सञ्जालमा राखिएको एक सन्देशमा राष्ट्रसङ्घका लागि इजरेलका राजदूत गिलाड एर्डानले इरानले गरेको हमलालाई ‘विश्वव्यापी शान्ति र सुरक्षामाथि नै गम्भीर सङ्कट’ भनेका छन्। उनले तेहरानविरुद्ध ठोस कदम चाल्न सुरक्षा परिषद्ले सम्पूर्ण उपायहरू अवलम्बन गर्ने अपेक्षा गरेको पनि बताएका छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले इरानको कदमको निन्दा गरेका छन् र उनी त्यस क्षेत्रभर नै तनाव चर्केर जाने वास्तविक खतराप्रति गहीरो रूपमा चिन्तित रहेको पनि उनले बताएका छन्।
Comments
अरु समाचार
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु
काठमाडौं । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको...
-
माल्दिभ्स संसदीय चुनावमा मतदान सुरु
काठमाडौं । माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ । संसदको ९३...
-
रफाहमा इजराइली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु
काठमाडौं । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका...