ताजा समाचार

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपमा हङकङले नेपालसामु ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ओमानको अलअमेरात स्टेडियममा नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको हङकङ १७.५ ओभरमा ११४ रनमा अलआउट भएको हो।

हङकङका लागि एन्शी राथले सर्वाधिक ३४ रन बनाए। नेपालको कसिलो बलिङसामु हङकङका ७ जना ब्याटर दोहोरो अंकको स्कोर नगर्दै पवेलियन फर्केका थिए।

हङकङलाई कम योगफलमा समेट्न अविनाश बोहोराले ३ विकेट लिए। आफ्नो स्पेलमा अविनाशले २९ रन खर्चेर ३ विकेट लिएका हुन्। ललित राजवंशीको नाममा २ विकेट रह्यो। अठारौं ओभरमा बलिङ गर्न आएका दीपेन्द्रसिंह ऐरीले मात्र ५ बलमा २ विकेट लिए। करण केसीले एक विकेट झारे। हङकङका २ जना ब्याट्सम्यान रन आउट भएका थिए।

हङकङविरुद्ध जित निकाल्न सकेन नेपाल एक खेल अगावै प्रिमियर कपको सेमिफाइनलमा पुग्नेछ। अघिल्ला दुवै खेलमा जित निकालेको नेपाल ४ अंकमा शीर्ष स्थानमा छ। नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा बुधबार साउदी अरेबियासँग खेल्नेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org