ताजा समाचार

अमेरिकाले युक्रेनलाई ६१ अर्ब डलर राहात दिने

न्युयोर्क । अमेरिकी प्रतिनिधि सभाले युक्रेनलाई ६१ अर्ब डलर राहात प्याकेज दिने प्रस्ताव पारित गरेको छ । केही महिनाको ढिलाइपछि अमेरिकी प्रतिनिधि सभामा मतदान भएको राहात प्रस्तावअन्तर्गत युक्रेनले ६१ अर्ब डलरसँगै इजरायलका लागि २६ अर्ब ४० करोड, ताइवानसहित इन्डो प्यासिफिक क्षेत्रले आठ अर्ब १० करोड डलर बराबरको रकम र सैन्य सहयोग पाउने बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकाले राहत प्याकेज चाँडै पारित नगरेमा रुसले युक्रेनमाथि विजय प्राप्त गर्न सक्ने र यो अमेरिका र युरोपका लागि खतरनाक हुने युक्रेनले चेतावनी दिइरहेको थियो । अहिले मिसाइल र हवाई हमला प्रतिरक्षा प्रणाली अभाव हुँदै गएपछि युक्रेनमाथि रुस हावी हुँदै गइरहेको छ ।

अमेरिकी सदनमा राहात प्याकेजबारे निर्णय भएपछि प्रतिक्रिया दिँदै युक्रेनी राष्ट्रपती भलोदिमिर जेलेन्स्कीले यो राहात प्याकेजले युद्ध बिस्तार हुन रोक्ने बताउनुभयो । अब यो प्रस्ताव सिनेटले पारित गर्नुपर्नेछ । त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org