हत्यामा संलग्न श्रीमान् र जेठाजु पक्राउ
काठमाडौं । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ परेका छन् । सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवैजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलका ५५ वर्षीय सुदीप ठाकुर र ६० वर्षीय उदित ठाकुर रहेका छन् । दुवैमाथि ४५ वर्षीया रेखादेवी ठाकुरको हत्या गरेको आरोप छ । पक्राउ परेका सुदीप रेखादेवीका श्रीमान् तथा उदित जेठाजु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो ।
गत वर्ष कात्तिक १० गते रेखादेवीको उनका श्रीमान् सुदीपसँग विवाद भएको थियो । श्रीमान्ले बञ्चरोले टाउकोमा प्रहार गरेपछि रेखादेवीको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको भोलिपल्ट सुदीपले आफ्नै घरभित्र खाल्डो खनी रेखादेवीको शव पुरेका थिए । उनले घटनाबारे सहोदर दाजु उदितलाई जानकारी गराएको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायव उपरीक्षक अवालेले बताउनुभयो ।
‘घटनापछि दुवै दाजु–भाइ भारतमा काम गर्न गएको खुलेको छ’, उहाँले भन्नुभयो । दुवैजना गत वर्ष कात्तिक ३० गते घर फर्किएका थिए । दाजुभाइले खाल्डोबाट शव निकाली बोरामा हालेर सहिदनगर–७ नेमुवाटोल नजिकै खोल्सामा फालेको खुलेको छ ।
हत्याको लामो समयपछि आमा बेपत्ता भएको बारेमा छोरोले प्रहरीलाई खबर गरेको प्रवक्ता अवालेले बताउनुभयो । अनुसन्धानका क्रममा रेखादेवीको हत्या भएको खुलेको उहाँले बताउनुभयो । प्रवक्ता अवालेका अनुसार घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो र कोदालो बरामद गरिएको छ । शवको टुक्रा पनि फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Comments
अरु समाचार
-
सन्दीपविरुद्ध गौशाला २६ सर्वोच्च नजाने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दा हालेकी युवती गौशाला २६ ले पाटन उच्च अदालतले दिएको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने...
-
जाजरकोट-भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष रुकुम–पश्चिम र रुकुम–पूर्व जिल्लाका नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता, सांसदसहित दुवै पार्टीका...
-
जापानमा भारी वर्षाका कारण तीन जना बेपत्ता, चार हजारभन्दा बढीलाई सुरक्षित स्थलमा स्थानान्तरण
काठमाडौं । भारी वर्षापछि आएको बाढीले नदी किनारमा निम्त्याएको कटानबाट शुक्रबार जापानमा कम्तीमा तीन जना बेपत्ता भएको र हजारौँ स्थानीयलाई...
-
मौद्रिक नीतिमा बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश भएका विभिन्न प्रबन्धलाई कार्यान्वयन गर्ने लक्ष्यका साथ मौद्रिक नीतिमा केही विशेष व्यवस्था...
-
वरिष्ठ पत्रकार श्रेष्ठमाथि भएको अभद्र व्यवहार तथा धम्की निन्दनीय र खेदपूर्ण: योगेश भट्टराई
काठमाडौं । आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएकोप्रति संघीय सांसद तथा नेकपा...
-
आर्थिक वर्ष २०८१-०८२ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...
-
विदेशी मुद्रा सटहीको सीमा बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको सीमालाई वृद्धि गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि...
-
सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सम्पन्न
काठमाडौं। सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सकिएको छ । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी...
-
कोशी सरकार छाड्दै माओवादी
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज कोशी प्रदेश सरकार छाड्ने भएको छ । माओवादीले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने...