काश दाहाल स्मृति भलिबल प्रतियोगिता हुने
काठमाडौं । प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाकाल गाउँपालिकामा यही वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रतिष्ठानले ललितपुर जिल्ला खेलकुद विकास समितिमा आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीका साथै सहभागी टिमहरु, पुरस्कार राशि तथा लागत खर्चसमेतको विषयमा जानकारी गराइएको हो ।
प्रतियोगिता संयोजक डोल्मा माया गोलेले प्रतियोगिता भव्यरुपमा सम्पन्न गर्नका लागि जिल्ला, पालिका र वडा तहमा विभिन्न समितिहरु गठन गरिएको जानकारी गराउनुभयो । ‘समितिहरुले द्रुतगतिमा तयारीका कार्य गरिरहेका छन् । प्रतियोगितामा प्रदेशभरका एक सय १९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने अपेक्षा गरिएको छ । सबै पालिकामा पत्राचार गरिसकिएको छ । यस प्रतियोगिताका कारण नेपालमा भलिबलको खेलको विकासमा सहयोगी हुने अपेक्षा गरिएको छ’, संयोजक गोलेले भन्नुभयो ।
कूल पुरस्कार राशि रु १२ लाख रहेको प्रतियोगिताको विजेतालाई रु तीन लाख, उपविजेतालाई रु दुई तथा तृतीय हुने रु दुई टिमलाई रु एक÷एक लाख प्रदान गरिनेछ । साथै उत्कृष्ट प्रशिक्षक तथा खेलाडी पाँच जनालाई जनही रु ५० हजार पुरस्कार रहेको छ ।
प्रतियोगिताको ललितपुर जिल्ला खेलकुद विकास समितिले सहआयोजक रहेको जानकारी गराउनुहुँदै उहाँले प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहेको छ । यसैगरी नेपाल भलिबल सङ्घको प्राविधिक सहयोग रहेको बताउनुभयो ।
प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य तथा प्रधानमन्त्रीका निजी सचिवालय सदस्य शान्ताकुमार दराईले युवामा स्वास्थ्यसम्बन्धी चेतना फैलाउने उद्देश्यका साथ स्थापित प्रतिष्ठानले खेलकुदलगायतका कार्यक्रम गर्दै आएको जानकारी गराउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहाल र छोरी ज्ञानु दाहालको स्मृतिमा प्रज्ञा स्मृति प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै खेलकुदलगायतका विभिन्न सामाजिक काम तथा कार्यक्रम गर्दै आइरहेको उहाँले जानकारी गराउनुभयो ।
प्रतियोगिताका सम्पूर्ण खेल ललितपुर महाकाल गाउँपालिकास्थित महाँकाल माविको प्राङ्गणमा हुने जानकारी गराइएको छ । प्रतियोगिता प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी गराइएको छ ।
नेकपा (माओवादी केन्द्र) ललितपुरका इञ्चार्ज हरि दाहालले प्रतियोगिता सफल पार्नका लागि पार्टीका स्थानीय कमिटीलाई समेत परिचालन गरिएको बताउनुभयो । ‘हामीले बागमती प्रदेशभित्रका स्थानीय खेलाडीलाई प्राथमिकता दिएर खेल सञ्चालन गर्न लागेका हौँ । यसमा विभागीय टिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सहभागी गराइने छैन । टिम दर्ताका लागि पालिकाको सिफारिसमा नाम उल्लेख हुनु अनिवार्य छ’, दाहालले भन्नुभयो ।
प्रतियोगिताका कारण दक्षिणी भेगमा रहेका स्थानको व्यापकरुपमा प्रचारप्रसार हुने अपेक्षा गरिएको छ । यस क्षेत्रका महाकाल, कोन्ज्योसोम र बागमती गाउँपालिकामा रहेका धार्मिक, प्राकृतिक तथा ऐतिहासिक क्षेत्रहरुमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने आयोजकले विश्वास गरेको छ ।
Comments
अरु समाचार
-
यू–२० महिला भलिबलमा तेस्रो भएर फर्कियो नेपाली टोली
काठमाडौं । यू–२० महिला भलिबल च्याम्पियनसिप तेश्रो स्थान हाँसिल गरेको नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । माल्दिभ्सको मालेमा यू-२०...
-
भारत वुमन्स एसिया कपको फाइनलमा, नेपाल समूह चरणबाट बाहिरियो
काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । भारत भने ३ खेलमा अपराजित रहँदै...
-
महिला एसिया कप क्रिकेटमा आज नेपाल र भारतको भिडन्त
काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दैछ। समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग...
-
महिला एसिया कपः नेपाल र पाकिस्तान भिड्दै
काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र पाकिस्तानको...
-
महिला एसिया कपः नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको एसीसी महिला एसिया कप छ। नेपाल र पाकिस्तानको भिडन्त श्रीलंकाको...
-
एशिया कप टी–२० क्रिकेट: यूएईविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
काठमाडौं । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता नेपालले टस जितेको छ । नेपालकी कप्तान इन्दु बर्माले श्रीलङ्काको दम्बुलामा टस...
-
राष्ट्रपति पौडेलले गरे पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई बिदाइ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीहरूलाई सफलताको शुभकामना दिएका छन्।...
-
महिला एसिया कप टी-२० क्रिकेटः उद्घाटन खेलमा आज नेपाल र यूएई खेल्दै
काठमाण्डौ । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा शुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र यूएई खेल्दैछन् ।...
-
अर्जेन्टिनाले जित्यो कीर्तिमानी १६औं पटक कोपा अमेरिका उपाधि
काठमाडौं । कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनल खेलमा कोलम्यिबालाई १–० गोल अन्तरले हराउँदै उपाधि रक्षा...