ताजा समाचार

लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

काठमाडौ‌ । लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान सुरु गरेको छ ।

लाओ स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्यका लागि सूचना र शिक्षा केन्द्रले लाओसमा मे २० देखि मे ३१ सम्म चल्ने यस अभियानको उद्देश्य बाल्यकालका दुई रोग फैलिनबाट जोगाउन रोक्ने मुख्य उद्देश्य रहेको जनाएको छ ।

बिहीबार पत्रकार सम्मेलनमा लाओसका स्वास्थ्य उपमन्त्री स्नोङ थोङ्स्नाले बालबालिकाका लागि लाओसको खोप प्रयासमा सबै सरोकारवालाहरूको ठूलो योगदानका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।

उहाँले यस अभियानबाट पाँच वर्षमुनिका पाँच लाखभन्दा बढी बालबालिकालाई सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको बताउनुभयो ।
लाओसका सबै स्वास्थ्य केन्द्रमा लाओ स्वास्थ्य मन्त्रालयको प्रशासनअन्तर्गत दादुरा र रुबेला खोप निःशुल्क उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org