आगालागीबाट दुई घर र ‘फार्मु’ जले
काठमाडौं । जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई कृषि फार्ममा क्षति भएको छ । गए राति सर्लाहीको हरिवन र कविलासीमा आगलागी भएको हो ।
आगलागीबाट हरिवन नगरपालिका–३ मोहनपुरका रोहन भुजेलको घर र दुईवटा फार्म घर जलेका छन् । भुजेलको बस्ने एउटा घर र बाख्रा र कुखुरापालन गरेको दुईवटा फार्ममा आगलागी हुँदा रु ११ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
विद्युत सर्ट भएर आगलागी हुँदा भुजेलको फार्मसहित २६ कुखुरा र २० हाँस मरेका छन् । घर, पशु फार्म र घरको अन्नपात, लत्ताकपडा, भाँडावर्तनसहित रु ११ लाख बराबरको क्षति भएको हो ।
यसैगरी, गए राति नै कविलास नगरपालिका–१० सलेमपुरमा एक घरमा आगलागी भएको छ । आगलागीबाट सोही स्थानका वासुदेव महतोको गोठघर नष्ट भएको छ । आगलागीबाट रु दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दुवै स्थानको आगो स्थानीय, प्रहरी, हरिवन नगरपालिकाको वारुणयन्त्रको सहायतामा निभाइएको थियो ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री ओली र उहाँका चिनियाँ समकक्षीबीच आज भेटवार्ता
काठमाडौँ: चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल...
-
रामजानकी विवाह महोत्सव:अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
महोत्तरी, १८ मङ्सिरः जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका...
-
नक्कली सुन देखाइ ठगी गर्ने छ जना पक्राउ
मोरङ: जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने छ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला...
-
एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा लिङ्थेप नियुक्त
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा विदुरकुमार लिङ्थेप (सुब्बा) नियुक्त भएका छन्। सोमबार मुख्यमन्त्री एवं एमाले...
-
कोशीको आन्तरिक मामिला मन्त्री बन्दै रेवतीरमण भण्डारी
काठमाडौं । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त हुने भएका छन्। मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा (एमाले)का...
-
उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभाराम्भ
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’...
-
एमालेले सात जिल्लाको अधिवशेन गर्न बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सात जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ । एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय...
-
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित
काठमाडौं । कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार दोस्रो जित हात पारेको छ...
-
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा साढे १० अर्बको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । परिसूचक १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार...