ताजा समाचार

मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ।

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ।

गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न लागेको हो।  हिउँदे अधिवेशन वैशाख २५ का लागि बोलाउने तयारी भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए।

सरकारले जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि सरकारको नीति तथा कार्यक्रम सरकारले ल्याउने छ।

हिउँदे अधिवेशनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि छानबिन समिति बनाउनु पर्ने भन्दै संसद अवरोध गरिरहेको छ। कांग्रेसले सहकारी प्रकरणमा छानबिन समिति बनाउनु पर्ने अडानले संसद प्रभावकारी रुपमा चल्न सकेन।

कांग्रेसलाई मनाउने प्रयासमा सभामुख देवराज घिमिरेले पटक पटक कांग्रेसका प्रमुख सचेतक र सचेतकसँग छलफल गरिसकेका छन्। तर, कांग्रेसले भने छानबिन समितिलाई बटम लाइन बनाएको छ।

यसबाहेक आजको मन्त्रिपरिषद बैठकमा केही नियुक्ती हुन सक्ने जनाइको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org