ताजा समाचार

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं । ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित टहरोमा आगलागी पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा सञ्जय गिरी, श्रीमती रुपा गिरी, उनीहरूका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् ।उनीहरू सबैजनालाई उपचारका लागि किस्ट अस्पताल लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी एवम् प्रवक्ता नरेशराज सुवेदीले बताए ।

प्रहरीकाअनुसार उक्त टहोरामा मोबिल स्टोर थियो । मोबिलमासमेत सल्किएर फैलिएको आगो नियन्त्रण प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org