पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक: सञ्चारमन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गर्नुपर्ने बताउनुभएको छ । वरिष्ठ पत्रकार कपिल काफ्लेद्वारा लिखित ‘पुंसवन’ पुस्तकको आज काठमाडौँमा विमोचन गर्दै उहाँले पूर्वीयदर्शनको ज्ञान प्रर्वद्धनका क्षेत्रमा अध्ययन अनुसन्धानका लागि केन्द्र स्थापना गर्न आवश्यक रहेको बताउनुभयो ।
पूर्वीयदर्शन अध्ययनका लागि ‘पुंसवन’ उपयोगी हुने विश्वास भन्दै सञ्चारमन्त्री शर्माले वरिष्ठ पत्रकारद्वारा लिखित कृतिले महिला अधिकारका पक्षमा आवाज बुलन्द गर्न सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो । प्राडा कृष्ण गौतमले पूर्वीयदर्शनको विश्लेषण एवम् खोजमूलक जानकारीसहित प्रकाशन गरिएको पुस्तकले नेपाली पाठकको मनजित्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा महिला अधिकारकर्मी वन्दना राणाले महिला अधिकार र सचेतना अभिवृद्धिका लागि पुस्तक उपयोगी हुने बताउनुभयो । पुस्तकका लेखक वरिष्ठ पत्रकार काफ्लेले पूर्वीयदर्शन र महिला अधिकारका क्षेत्रलाई समेटेर तयार गरिएको सातौँ पुस्तक ‘पुंसवन’ले सनातन धर्म, संस्कृतिसहित मातृत्वको महत्व, सङ्घर्ष र चुनौतीलाई समेटेको जानकारी दिनुभयो ।
नेपाल समाचारपत्र दैनिकका संस्थापक सम्पादक रहनुभएका वरिष्ठ पत्रकार काफ्लेको पत्रकारितासँग सम्बन्धित तीनसहित छ वटा पुस्तक यसअघि प्रकाशित भइसकेका छन् ।
Comments
अरु समाचार
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
काठमाडौं । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा गर्दै आएका छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका...
-
नेपाल प्रहरीका चारजना एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको बढुवा समितिको...
-
कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको...
-
निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...