ताजा समाचार

उमेशराज जोशी र भीमप्रसाद ढकाल एआईजीमा बढुवा

काठमाडौँ  । सरकारले प्रहरी नायव महानिरीक्षकहरु उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको छ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापना गरेको हो।

सरकारले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजेता तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृत दिने निर्णय गरेको पनि बताइन्। सरकारले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे प्रस्तुत गर्ने निर्णय गरेको पनि बताए।

सरकारले समाजकल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, सुनसरीलाई मनोनयन गरेको छ भने भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर, काठमाडौँलाई नियुक्त गर्ने निर्णय गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org