ताजा समाचार

जीबी राईलाई यसअघिको सरकारले भगायो: गृहमन्त्री लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई खोजिरहेको बताएका छन् ।

शनिबार चितवन पुगेका लामिछानेले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा‍ ‘भगाएको मान्छे’लाई खोज्न समय लाग्ने बताए ।

सञ्चारकर्मीले उनलाई ‘जीबी राई किन पक्राउ पर्न सकेनन् ?’ भनेर सोधेका थिए । जवाफमा उनले भने, “भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकाले हर कोसिस भइरहेको छ ।”

‘त्यसो भए कसले भगायो ?’ सञ्चारकर्मीको प्रश्नमा उनले भने, “भाग्दाखेरी सरकारमा को थियो ?”

उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लागेको बताए ।

उनले जनताले आदेशले संसद्‌मा पुगे पनि आफूलाई बोल्ने अधिकारबाट वञ्चित गरिएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org