ताजा समाचार

उपसभापति,महामन्त्रीसहित चार नेता लिएर बालुवाटार पुगे देउवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु अहिले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल थालेका छन् ।

देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक र कृष्णप्रसाद सिटौलालाई लिएर बालुवाटार गएका हुन् ।

सदनमा देखिएको अवरोध, कांग्रेसका माग, सरकारको नीति तथा कार्यक्रम पेस गर्नेलगायतका विषयमा कुराकानी गर्न कांग्रेस नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org