अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन, अखिल नेपाल खेलकुद महासंघ अन्तर्गत संघको गठन गरिएको हो । राजधानीमा शुक्राबार सम्पन्न भेलाले पाण्डेको अध्यक्षतामा ४३ सदस्यीय संघ गठन गरेको हो ।
अध्यक्ष तिलक पाण्डेको अनुसार संघको उपाध्यक्षमा रुद्र थिङ र गीता शाही, महासचिवमा बेनुप खत्री, सचिवमा किशोर भट्ट र कोषाध्यक्षमा प्रकाश ढकाल चयन भएका छन् ।
केन्द्रीय सदस्यमा ४ जनालाई पछि चयन गरिने उनले जानकारी दिए । ब्याडमिन्टन खेलमा योगदान पुर्याएका एक जनालाई पूर्ण बैठकले उपमहासचिव बनाउने अध्यक्ष पाण्डेले जानकारी दिए ।
यसैगरी भेलाले प्रदेश संयोजकहरू पनि तोकेको छ । जसअनुसार कोशीमा प्रकाश राई, मधेशमा विष्णु यादव, बागमतीमा रविन बस्नेत, गण्डकीमा उमेश भण्डारी, लुम्बिनीमा तिरबहादुर रोका ‘डार्विन’ र सुदूरपश्चिममा जीवन खड्काले प्रदेश संयोजकको जिम्मेवारी पाएका छन् । कर्णाली प्रदेशको संयोजक भने पछि तोकिने जनाइएको छ ।
Comments
अरु समाचार
-
यू–२० महिला भलिबलमा तेस्रो भएर फर्कियो नेपाली टोली
काठमाडौं । यू–२० महिला भलिबल च्याम्पियनसिप तेश्रो स्थान हाँसिल गरेको नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । माल्दिभ्सको मालेमा यू-२०...
-
भारत वुमन्स एसिया कपको फाइनलमा, नेपाल समूह चरणबाट बाहिरियो
काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । भारत भने ३ खेलमा अपराजित रहँदै...
-
महिला एसिया कप क्रिकेटमा आज नेपाल र भारतको भिडन्त
काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दैछ। समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग...
-
महिला एसिया कपः नेपाल र पाकिस्तान भिड्दै
काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र पाकिस्तानको...
-
महिला एसिया कपः नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको एसीसी महिला एसिया कप छ। नेपाल र पाकिस्तानको भिडन्त श्रीलंकाको...
-
एशिया कप टी–२० क्रिकेट: यूएईविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
काठमाडौं । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता नेपालले टस जितेको छ । नेपालकी कप्तान इन्दु बर्माले श्रीलङ्काको दम्बुलामा टस...
-
राष्ट्रपति पौडेलले गरे पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई बिदाइ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीहरूलाई सफलताको शुभकामना दिएका छन्।...
-
महिला एसिया कप टी-२० क्रिकेटः उद्घाटन खेलमा आज नेपाल र यूएई खेल्दै
काठमाण्डौ । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा शुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र यूएई खेल्दैछन् ।...
-
अर्जेन्टिनाले जित्यो कीर्तिमानी १६औं पटक कोपा अमेरिका उपाधि
काठमाडौं । कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनल खेलमा कोलम्यिबालाई १–० गोल अन्तरले हराउँदै उपाधि रक्षा...