ताजा समाचार

नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले प्रमुख दलसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारको नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका नेताहरुसँग छलफल गर्दैछन् ।

दिउँसो २ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल राखिएको छ ।

छलफलमा कानुनमन्त्री पदम गिरीसहित प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आगामी जेठ १ गते संसदमा प्रस्तुत हुँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org