ताजा समाचार

कृष्णमान प्रधानलाई आयुक्तमा अस्वीकृत गर्ने सम्भावना

काठमाडौं । निर्वाचन आयुक्तमा संसदीय सुनुवाई गरिसकेका कृष्णमान प्रधानलाई समितिले अस्वीकृत गर्ने सम्भावना बढेको छ ।

चरित्रमा उठेको प्रश्न र उनीमाथिको यौन हिंसाको आरोप गम्भीर र फौजदारी प्रकृतिको भएकोमा निर्वाचन आयुक्तमा अनुमोदन गर्दा यसले दण्डहिनता बढाउने भन्दै अस्वीकृत गर्ने गरि तयारी अघि बढेको स्रोतले बताएको छ ।

`प्रधानमाथि लागेको आरोप, समितिमा उहाँको जवाफ र सबै कुरा हेर्दा उहाँ अस्वीकृत हुने सम्भावना बढि छ´, ती सांसदले भने ।

प्रधानलाई अनुमोदन गर्ने वा अस्वीकृत भन्ने विषयमा निर्णय लिन आजै संसदीय सुनुवाई समितिको बैठक बोलाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org