ताजा समाचार

सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ सकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । दुई दिनसम्म दुवै पक्षका वकिलको लामो बहस सकिएसँगै अब फैसालको प्रतीक्षा भएको छ ।

उच्च अदालत पाटनमा मंगलबार र बुधबार दिनभर भएको सुनुवाइका क्रममा बहस सकिएपछि अब फैसला आउन लागेको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बुधबार पनि पक्ष-विपक्षका वकिलहरूले बहस गरेका थिए। जवाफी बहस पनि सकिएकाले अब आजै फैसला आउने छ ।

न्यायाधीशद्वयले आजै फैसला दिने तयारी गरेका छन्। त्यहीअनुसार उनीहरूले दुवै पक्षका वकिलहरूलाई समय निर्धारण गरिदिएर बहसमा बोलाएका थिए । दुवै पक्षका वकिललाई न्यायाधीशहरूले डेढ(डेढ घण्टाको समय दिएका थिए ।

यसअघि यो मुद्दामा सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी र रमन श्रेष्ठ, शम्भु थापा, मुरारी सापकोटा र कृष्ण सापकोटालगायतले बहस गरेका थिए । उनीहरूले सन्दीपलाई दोषी ठहर गर्ने काठमाडौं जिल्ला अदालतको फैसलामा पनि प्रश्न उठाएका थिए ।

पीडित भनिएकी युवती गौशाला–२६ को तर्फबाट सरकारी वकिल र निजी कानुन व्यवसायीले बहस गरे । उनीहरूले जिल्लाको सजाय अझै कम भएको जिकिर गरे ।

२०८० पुस २५ गते जिल्ला अदालत काठमाडौंले जबर्जस्ती करणी मुद्दामा सन्दीलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा २ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org