ताजा समाचार

म्यानचेष्टर सिटीले लगातार चार पटक प्रिमियर लिग उपाधि जित्दै बनायो कीर्तिमान

काठमाडौं । म्यानचेष्टर सिटीले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जितेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम खेलमा वेष्ट हम युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो ।यो जित सँगै सिटीले लगातार चार जितको कीर्तिमान बनाएको छ ।

अन्तिम दिनसम्म सिटी र आर्सनल दुवै उपाधि होडमा थिए । उपाधि जित्न सिटीलाई स्पष्ट जितको आवश्यकता थियो । यस्तै आर्सनलको हकमा भने उपाधि जित्न सिटीले अंक गुमाउनुपर्ने थियो । तर अन्तिम दिन सिटी र आर्सनल दुवै विजयी भए । उपाधि सिटीको पक्षमा गयो । सिटीले ३८ खेलबाट ९१ अंक जोड्यो । एभरटन विरुद्ध २–१ को पुनरागमन जित हात पारेको आर्सनलले ८९ अंक जोड्यो ।

सिटी लगातार चौथो पटक प्रिमियर लिग जित्न पहिलो टोली बनेको छ । सिटीलाई च्याम्पियन बनाउन फिल फोडेनले दुई तथा रोड्रीले एक गोल गरे । सिटी र आर्सनलसँगै लिभरपुल र एस्टन भिल्ला यस सिजन शीर्ष चारमा रहेर च्याम्पियन्स लिगका लागि छनोट भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org